२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


अमेरिकी गुप्तचर निकायका प्रमुखले डोनाल्ड ट्रम्पलाई दिए चेतावनी


0
Shares

सिआइएका प्रमुख ब्रेननले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि ट्रम्पले बोलेका विषयले निकै महत्व राख्ने भन्दै हल्फाफुल्का टिप्पणीलाई नियन्त्रण गर्न चेतावनी दिएका हुन् ।

फक्स न्युजसँगको अन्तर्वाताका क्रममा ब्रेननले अमेरिकी राष्ट्रपतिले ट्वीटरमार्फत अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धको घोषणा गर्न नसक्ने बताए । ट्रम्पले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा नियमितजसो ट्वीटर मार्फत टिप्पणी गर्ने गरेका छन् । तर ट्रम्पको विचार अब व्यक्तिगतमात्रै नभएर त्यसले राष्ट्रिय सुरक्षामा असर गर्ने भएकाले नियन्त्रण कायम गर्नु पर्ने सिआइए प्रमुख ब्रेननको भनाइ छ ।

सिआइएका प्रमुख ब्रेननको कार्यकाल चाँडै नै सकिँदैछ । ब्रेननले कुनै ठाउँमा बोल्दा वा ट्वीटरमा केही कुरा खेल्दा अब ट्रम्पले आफ्नो भनाइ वा पोस्ट गर्न लागेको विचारले देशको आन्तरिक हित प्रभावित हुँदैन भन्ने सुनिश्चित गर्नुपर्ने बताए ।

राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि ट्रम्पका हरेक विचार उनको व्यक्तिगत नभएर अमेरिकाको बन्ने भएकाले सचेत रहन ब्रेननले चेतावनी दिएका छन् । बयानबाजीले राष्ट्रिय हितको रक्षा नगर्ने उनको भनाइ छ ।

अमेरिकी चुनावमा रुसले प्रभावित गर्ने प्रयास गरेकोसम्बन्धी गुप्तचर विभागको प्रतिवेदन सार्वजनिक भएको एक हप्तापछि ब्रेननको यस्तो भनाइ आएको हो । राष्ट्रपतिमा निर्वाचित ट्रम्पले यही जनवरी २० मा शपथ लिनेछन् । (एजेन्सी)