२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भूकम्प प्रभावितलाई दोस्रो किस्ता बापतको अनुदान रकम वितरण


0
Shares

सरकारी मापदण्डअनुसारको बलियो आवास निर्माण गरेको सिन्धुली जिल्लाका भूकम्प प्रभावितलाई दोस्रो किस्ताबापतको रकम वितरण शुरु गरिएको हो ।

भूकम्पीय सुरक्षाको बलियो आधार, भूइँचालो थेग्ने घर र भौतिक पूर्वाधार भन्ने नाराका साथ सञ्चालित १९ औं भूकम्प सुरक्षा दिवसका अवसरमा भूकम्प प्रतिरोधी घर निर्माण गरेका सितलपाटी गाविसका लाभग्राहीलाई सरकारी अनुदानको दोस्रो किस्ताबापतको १ लाख ५० हजार रुपैयाँ वितरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाईटीअन्तर्गत भूकम्प प्रतिकार्य कार्यक्रम र रेडक्रस तथा रेडक्रिसेण्ट सोसाईटीको अन्तर्राष्ट्रिय महासंघको सहयोगमा सितलपाटी गाविसमा करिब ४ सय ५० वटा भूकम्प प्रतिरोधी घर निर्माण भइरहेको छ ।