१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


तेह्रथुममा बढे मतदाता, ५६ हजार मतदाताको नाम सूचीकृत


0
Shares

कार्यालयले दुई सातासम्म गाउँ–गाउँ पुगेर सञ्चालन गरेको अभियानमा १ हजार ३ सय ८६ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकृत निर्मलकुमार राईले जानकारी दिए ।

सदरमुकामसम्म आएर नाम दर्ता गर्न नसक्ने क्षेत्रका लाभग्राहीलाई लक्षित गरी गाउँगाउँमा पुगेर शिविर सञ्चालन गरिएको उनले बताए । योसँगै तेह्रथुममा मतदाताको संख्या ६५ हजार नाघेको छ ।

२०७० सालको संसदीय निर्वाचनमा ५२ हजार मतदाता भएकोमा तीन वर्षको अवधिमा मात्रै १२ हजार ५ सय ९० जना मतदाता थपिएका छन् ।