२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


राष्ट्रपति भण्डारीकी कान्छी छोरीको विवाहमा जे देखियो (भिडियोसहित)


0
Shares

राष्ट्रपति भवन शीतल निवासमा अभिशेष यादवसँग निशाकुसुमको विवाह भएको हो । अभिशेष पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरीपट्टीका नाती हुन् ।

पूर्वराष्ट्रपति डा. यादवकी भतिजी तथा कांग्रेस सांसद किरण यादवका छोरा अभिशेष जन्तीसहित सोमबार बिहान राष्ट्रपति निवास शीतल निवासमा पुगेका थिए ।

जन्ती र घरपक्ष गरी करिब १ हजार ५ सयजना वैवाहिक समारोहमा सहभागी भएको अनुमान गरिएको छ ।

वैवाहिक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी भए । करिब २० मिनेट शीतल निवासमा रहेका पूर्वराजा शाहले वर–बधुलाई शुभकामना दिएर फर्किका थिए ।

त्यसैगरी, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, विभिन्न दलका नेता, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरु वैवाहिक कार्यक्रममा सहभागी भएका थिए ।

पूर्वराष्ट्रपति यादव भने जन्ती बनेर शीतल निवास पुगेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्