
ममता बचाउ अभियानका सदस्य तथा सामुदायिक रेडियो प्रशारक संघका ७ प्रदेश नम्बर अध्यक्ष दीर्घराज उपाध्यायले सोमबार १० लाख ३५ हजार आठ सय रुपैयाँको चेक दिवंगत पत्रकार बोहराकी पत्नी ममतालाई भक्तपुरस्थित डेरामा हस्तान्तरण गरेका हुन् ।
दिवंगत पत्रकार बोहराकी पत्नी ममताको उपचारका लागि धनगढीमा जनस्तरबाट संकलित यो अहिलेसम्मकै ठूलो धनराशी हो ।
यसअघि, सोही अभियानअन्तर्गत् नेपालगन्जबाट संकलित ५८ हजार एक सय २० रुपैयाँ दुई साताअघि हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्