२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


अन्तरिक्ष यात्री गेने सरननको निधन


0
Shares

केही समयदेखि अस्वस्थ रहँदै आएका उनको मृत्यु भएको पारिवारिक स्रोतलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सरनन चन्द्रमामा अन्तिम मानव पाइला राख्ने अन्तिम अन्तरिक्ष यात्री हुन् । सरननले सन् १९७२ मा चन्द्रमामा अन्तिम पाइला राखेको अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ ।

यसबाहेक उनी एलोप्पो १७ मिसनका कमाण्डर समेत रहेका थिए । चन्द्रमामा हालसम्म १२ जना अन्तरिक्ष यात्रीले पाइला टेकेका छन् ।

जसमध्ये ६ जना अझै जिवित छन् । उनले चन्द्रमाको यात्रासहितको आफ्नो डकुमेन्ट्री बनाएका थिए । जुन निकै चर्चित बनेको थियो । (एजेन्सी)