२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


रुसले अति शक्तिशाली लामो दूरीको क्षेप्यास्त्र परीक्षण गर्‍यो


0
Shares

‘तोपोल–एम’ नामक सो अन्तर–महाद्विपीय ब्याल्लिस्टिक क्षेप्यास्त्र (इन्टरकन्टिनेन्टल ब्याल्लिस्टिक मिसाइल) ‘आइसीबीएम’ रुसको काम्चत्का प्रायद्विपमा अवस्थित प्लेसेत्स्क सैनिक अखडाको प्रक्षेपणस्थलबाट समुद्रमा परीक्षण प्रक्षेपण गरिएको रुसी रक्षा मन्त्रालयले मंगलबार जनाएको छ ।

गृहनिर्मित तोपोल–एम आइसीबीएम क्षेप्यास्त्रको क्षमता, शक्ति तथा विश्वसनीयता पहिलेकै अवस्थाको जस्तो छ/छैन भन्ने पुनर्पुष्टि (रिकन्फर्मेसन) गर्ने प्रयोजनवश सो परीक्षण गरिएको तथा सो परीक्षणकार्य अत्यन्त सफलतापूर्वक सम्पन्न भएको रुसी गृह मन्त्रालयको दाबी छ ।

तोपोल–एम क्षेप्यास्त्रले अधिकतम् ११ हजार किलोमिटर टाढासम्म मार हान्ने क्षमता राख्दछ ।

साथै, करिब पाँचलाख पाँचहजार टन क्षमताका आणविक हातहतियार क्षणभरमै नस्ट गर्ने शक्ति पनि यससँग हुन्छ ।

यसलाई ठूला–ठूला बाहन (ट्रक)मा राखी चाहेको ठाउँमा लैजान वा सामुद्रिक जहाजको प्रयोगद्वारा स्थल वा जमिन दुबैठाउँबाट प्रहार गर्न मिल्छ । रासस/एपी