Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


सुनकाण्ड झन रहस्यमय बन्दै, अझै किन समातिएनन् मालिक ?


0
Shares

केन्द्रीय अनुसन्धान व्युरो ‘सीआइबी’ले विमानस्थलबाट सुन बरामद गरेको करिब दुई साता बित्न लाग्यो । तर, सुनको मालिक को हो भनेर पत्ता लगाउन सकेको छैन ।

सीआईबीले आफूहरु अनुसन्धानमा रहेको बताईरहेको छ । तर पछिल्लो घटनामा सीआईबीले कुनै प्रतिक्रिया दिएको छैंन ।

उच्च स्रोतका अनुसार सुनको मालिक पक्राउ गर्दा ठूलो मान्छे तानिने डरले अनुसन्धानको विवरण सार्वजनिक गरिएको छैन । सीआईबी प्रमुख डीआईजी नवराज सिलवाललाई सम्पर्क गर्दा उनले सधै एउटै जवाफ दिने गरेका छन्– ‘हामीले अनुसन्धान जारी राखेका छौं ।’

‘सीआईबीले संगठित अपराध ऐन अनतर्गत छानविन गरिरहेको हुनाले अनुसन्धानको म्याद ६० दिनको हुन्छ । त्यो बेलासम्म कुने न कुनै रिपोर्ट आउँछ नै होला,’ स्रोतले भन्यो ।

सीआइबी प्रमुख डिआईजी सिलवाललाई गृहमन्त्री, अख्तियार, प्रहरी महानिरीक्षक लगायत उच्च तहबाट घटनाको दोषीलाई पक्राउ गरी कारवाही गर्न निर्देशन दिएको अवस्थामा सिआईबीले किन अन्य कर्मचारी पक्राउ गरेन भन्ने विषय गम्भीर बन्न थालेको छ । –नेपाल समाचारपत्र दैनिकबाट

Skip This