
मंगलबार राती भएको तेस्रो चरणको रि प्लेमा बोल्टनलाई २-१ ले हराउँदै क्रिष्टल प्यालेसले चौथो चरणमा ठाँउ बनायो ।
प्यालेसको जितमा दुवै गोल बेल्जियन खेलाडी क्रिष्टियन बेन्टेकले गरे । बोल्टनका लागि हेन्रीले एक गोल फर्काए ।
राती नैं भएको अर्को खेलमा सन्डरल्याण्डलाई २-० ले हराँउदै बर्नले पनि चौथो चरणमा उक्लिएको छ । खेलमा बर्नलेलाई विजयी गराउन साम भोक्स र एन्डी ग्रे ले एक एक गोल गरे ।
प्रतिक्रिया दिनुहोस्