त्रिशूलीमा ट्याङ्कर खस्यो, ट्यांकरसहित चालक बेपत्ता « Image Khabar


त्रिशूलीमा ट्याङ्कर खस्यो, ट्यांकरसहित चालक बेपत्ता


Imagekhabar
५ माघ २०७३, बुधबार ०९:०८

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ना ४ ख ४१४३ नम्बरको ट्याङ्कर गएराति ११ः४० बजे त्रिशूलीमा खस्दा बारा जिल्ला अमलेखगन्जका चालक २५ वर्षीय उमेश तामाङ बेपत्ता भएका छन् भने ट्याङ्कर पनि बेपत्ता छ ।

रातिदेखि नै खोजी कार्य जारी रहेको थापाले बताए । ट्याङ्करमा रहेका सहचालक बारा अमलेखगन्जकै २५ वर्षीय प्रदीप लामा भने घाइते भएका छन् ।

उनको कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ र अवस्था खतरामुक्त रहेको प्रहरी उपरीक्षक थापाले बताए ।

ट्याङ्कर पानीमा पुगेपछि नदीमा झरेका सहचालक पौडेर बाहिर निस्किएको प्रहरीले जनाएको छ । अर्को गाडीलाई उछिन्ने क्रममा सो ट्याङ्कर खसेको सहचालकले बताएका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्