
सिंहदबारस्थित समितिको कार्यालयमा बुधबार बसेको बैठकले १५७ जना सांसदहरुले कार्कीमाथि महाअभियोग लगाउनुपर्ने प्रस्तावमा उल्लेख गरिएका आरोपबारे छानबिन गर्न उपसमिति गठन गरेको हो ।
उपसमितिमा सांसदहरु दीपक कुँइकेल, रेवतीरमण भण्डारी र रामनारायण विडारी सदस्य छन् ।
कार्कीमाथि लगाइएको आरोपको विषयमा सत्यतथ्य छानबिन गरी १५ दिनभित्र समितिमा प्रतिवेदन बुझाउन उपसमितिलाई निर्देशन दिइएको छ ।
उपसमितिले प्रतिवेदन बुझाएपछि त्यसलाई पारित गरेर संसदमा पठाउने सहमति पनि बुधबारको बैठकमा भएको छ । यो सबै प्रक्रिया अघि बढ्न बढीमा एक महिनाको समय लाग्ने छ ।
महाअभियोग सिफारिस समितिले बुधबार कार्कीविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने/नबढाउनेबारे महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठसँग झन्डै दुई घन्टासम्म छलफल गरी सुझाव लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्