
स्थानीय समयानुसार बुधबार बिहान १०ः२५ मा गएको भूकम्प ५.३ म्याग्निच्यूडको भएको र ५० मिनेटपछाडि ५.७ म्याग्निच्यूड र त्यसपछि तेस्रो भने ५.५ म्याग्निच्यूडको भएको बताइएको छ ।
सो भूकम्पको कम्पन आबु्रज्जो लजिओ, मर्चेलगायत रोममा पनि महसुस गरिएको बताइएको छ ।
पछिल्ला भूकम्पहरुले अत्यन्त क्षतिग्रस्त बनाएको आकिइला सहरमा भने भवनहरु क्षतिको कुनै खबर प्राप्त नभएको बताइएको छ ।
बुधबार गएको भूकम्पको केन्द्रबिन्दू भने पहाडी सहर अमाट्रिसेनजिकैको क्षेत्रमा अंकित भएको छ । यस इलाका गत वर्षको अगस्त र अक्टोबरमा गएको भूकम्पको अतिप्रभावित क्षेत्र हो ।
गत वर्ष आमाट्रिसेनजिकै अत्यन्त प्रभावित भएको ६.० म्याग्निच्यूडको भूकम्पका पनि करिब ३०० व्यक्तिको मृत्यु भएको थियो । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्