१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


राष्ट्रिय किसान आयोग गठन गरिने, यस्ता छन् आजका मन्त्रिपरिषद निर्णय


0
Shares

विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले किसान आयोग गठन गर्ने निर्णय गरेको हो ।

बैठकले सामाजिक संरक्षण र व्यक्तिगत घटना दर्ता कार्यक्रमका लागि विश्व बैंकले दिने १६ अर्ब ३७ करोड रुपैयाँ ऋण सहयता रकम स्वीकृत गरेको छ ।

यस्तै, बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा सुरेशकुमार कार्कीलाई नियुक्ति गरेको छ ।

मन्त्रिपरिषद् बैठकले प्राविधिक सेनानी खुमबहादुर कुँवरलाई प्राविधिक महासेनानीमा पदोन्नति गरेको छ ।

यसैगरी, हत्या गरिएका काभ्रेका अजित मिजार र लक्ष्मी परियारका परिवारलाई कस्तो सहयोग गर्ने भन्नेबारे सुझाव दिन खेलकुदमन्त्री दलजीत श्रीपाइलीको नेतृत्वमा समिति गठन गरिएको सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

बैठकले न्याय सेवाका पाँचजना सहसचिवलाई सचिवमा बढुवा गरेको छ भने डा. गोविन्द केसीसँग भएका सम्झौताहरु कार्यान्वयनका लागि समिति बनाउने निर्णय पनि गरेको छ ।