२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


मन्त्रिमन्डल चौथोपटक विस्तार, दुई मन्त्रीले लिए शपथ


0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराइन् ।

नवनियुक्त मन्त्रीहरुमा समाजवादी पार्टीका अध्यक्ष एवं सांसद प्रेमबहादुर सिंह र अखन्ड नेपाल पार्टीका अध्यक्ष एवं सांसद कुमार खड्का छन् ।

सिंहलाई खानेपानी तथा सरसफाइ र खड्कालाई महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सिंह यसअघि पनि पटक–पटक मन्त्री भइसकेका छन् भने खड्का पहिलोपटक मन्त्री बनेका हुन् ।

समाजवादी पार्टी निर्वाचन आयोगबाट खारेजीमा परेको छ । पार्टीबाट मन्त्री हुने दुबैजना एकमात्र सांसद हुन् ।

यससँगै मन्त्रिपरिषद सदस्यको संख्या ४३ पुगेको छ ।