काभ्रेमा कृषि विकास कार्यालयको गाडी दुर्घटना, तीनजना गम्भीर घाइते « Image Khabar


काभ्रेमा कृषि विकास कार्यालयको गाडी दुर्घटना, तीनजना गम्भीर घाइते


Imagekhabar
६ माघ २०७३, बिहीबार १६:३३

बा१झ ५४०८ नम्बरको जिल्ला कृषि विकास कार्यालयको गाडी दुर्घटना हुँदा गाडीमा रहेका जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डित, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव इन्द्रबहादुर थिङ र चालक तिलक बस्नेत गम्भीर घाइते भएका छन् ।

गोकुले गाविसबाट घर्तीछापतर्फ आउँदै गरेको गाडी घर्तीछाप–८ कोल्टारमा बिहान दुर्घटना भएको हो ।

बुधबार डाँडापारि क्षेत्रमा गरिएको कृषि क्षेत्र घोषणा कार्यक्रममा सहभागी भएर विहीबार फर्कनेक्रममा उक्त बस दुर्घटनामा परेको हो ।

घाइतेलाई हेलिकोप्टरमार्फत् उपचारका लागि काठमाडौं लगिएको प्रमुख जिल्ला अधिकारी शिव सिम्खडाले जानकारी दिए ।

गाडीमा १० जना सवार थिए र गम्भीर घाइते तीनमध्ये अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका डीएसपी नवीनराज राईले जानकारी दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्