शौचालय बनाउने क्रममा खाल्डो खन्दा सकेट बम भेटियो « Image Khabar


शौचालय बनाउने क्रममा खाल्डो खन्दा सकेट बम भेटियो


Imagekhabar
७ माघ २०७३, शुक्रबार ०७:२७

                                                                 प्रतीकात्मक तस्वीर

बिहीबार दिउँसो खाल्डो खन्ने क्रममा कामदारले तारसहितको बम देखेपछि प्रहरीलाई खबर गरेका हुन् । उक्त बम द्वन्द्वकालमा लुकाइएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार बम फेला परेको स्थान सुरक्षित राखिएको छ । प्रहरीचौकी घ्याम्पेशालबाट खटिएका प्रहरीले बम रहेको स्थान सुरक्षित राखेका छन् ।

बम निष्क्रिय गर्न गोरखास्थित रणसिंह दल गणका नेपाली सेनालाई अनुरोध गरिएको र शुक्रबारमात्रै बम डिस्पोज गर्ने प्रनाउ थापाले बताए ।

अहिले क्याम्पस रहेको स्थानमा द्वन्द्वकालमा सेनाको ब्यारेक थियो ।

घटनास्थल सदरमुकामबाट ३० किमी टाढाको दूरीमा पर्छ । बम फेला परेपछि शौचालयको खाल्डो खन्ने काम रोकिएको बताइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्