सुरक्षित आप्रवासनबारे सूचना दिएर सहयोग गरिदिनुहोसः माइती नेपाल

सम्भावित आप्रवासनका लागि जाने महिला कामदारका बारेमा संकलित तथ्याङ्कको राजधानीमा सार्वजनिक गर्दै सरोकारवाला सबैको सामूहिक समन्वयको अभावले गर्दा हिंसाजन्य क्रियाकलाप बढ्दै गएको निष्कर्ष माइती नेपालले निकालेको छ ।
माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले सुचना तथा परामर्शमा दोहोरोपनाको समस्या देखिएकाले पनि समस्या निराकरणमा कठिनाई भएको बताइन् ।
एसएमएस मार्फत पनि सुरक्षित आप्रवासनबारे जानकारी तथा सुचना प्रवाह गरी सम्भावित हिंसाबिरुद्ध चेतना भइरहेका भन्दै आफुलाई प्राप्त भएको सुचना प्रवाह गर्न पनि सबैसंग आग्रह गरिन् ।
माइती नेपालले २०१६ मा झण्डै ८ हजार महिला आप्रवाशनका लागि गएको जनाएको छ ।
सन २०१६ मा झण्डै २४ हजार महिलालाई सुरक्षित आप्रवाशनबारे परामर्श दिएको र ५५ हजार लाई एसएमएस मार्फत सुचना प्रवाह गरेको पनि माईती नेपालले जनाएको छ ।