२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राजविराजमा फेलापरेको बम सेनाद्वारा निस्क्रिय


0
Shares

राजविराजस्थित कृष्ण दल गणका सहसेनानी भोजराज कोइरालाको नेतृत्वमा गएका सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको सक्रियतामा उक्त बम निस्क्रिय पारिएको सेनाले जनाएको छ ।

राजविराज नगरपालिका–१ स्थित फनसराज दुगडको घरअगाडि सो बम फेलापरेको थियो । सो बम रहेको हल्लाले यहाँको अवस्था तनावपूर्ण थियो ।

बम फेलापरेको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाको पर्चासमेत भेटिएको छ । रासस