
झडपमा दुबैतर्फका गरी एकदर्जन बढी घाइते भएका छन् ।
शुक्रबार (आज)देखि सदरमुकामकेन्द्रित आन्दोलन थालेका स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको हो । प्रहरीले झन्डै आधादर्जन हवाई फायर र केही राउन्ड रबरको गोलीसमेत प्रहार गरेको छ ।
जिल्ला प्राविधिक समितिको सिफारिसविपरीत पुनःसंरचना आयोगले लिखु गाउँपालिका हटाएको भन्दै ६ दिनदेखि आन्दोलित जिल्लाका पूर्वी भेगका बासिन्दाले सदरमुकामकेन्द्रित आन्दोलन थालेका हुन् ।
करिब दुई सयको संख्यामा आन्दोलनकारी सदरमुकामस्थित जिल्ला विकास समितिको कार्यालयमा पुगेका थिए ।
कार्यालयको मूलढोका नखुलेको भन्दै आक्रोशित भएर उनीहरुले जिल्ला विकास समितिमा तोडफोड गर्नुका साथै केही गाडीमा क्षति पुर्याएका छन् ।
आक्रोशित भीडले कार्यालयको सिसा फुटाएका छन् भने सोफा, कुर्सी जलाइदिएका छन् ।
आन्दोलनरत् पक्षले जिल्ला विकास समितिको मूलढोका खोलिदिएको भए कोणसभा गरेर फर्कने योजनामा रहे पनि प्रशासनले ढोका बन्द गराइराखेकोले बल प्रयोग गरेको बताएको छ ।
लिखु गाउँपालिका माग गर्दै जिल्लामा क्रियाशील नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दलका नेताहरुले नै आन्दोलनको अगुवाइ गरेका छन् ।
आन्दोलनकारीले चौघडा, खानीगाउँ, सूर्यमति र थानसिङ गाविससमेत बन्द गराएका छन् । बन्दमा यातायात ठप्प हुँदा जनजीवन प्रभावित भएको छ ।
नुवाकोटमा दुई नगरपालिका र १० गाउँपालिकाको प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्