स्कुल बस दुर्घटनामा ७ विद्यार्थी घाइते « Image Khabar


स्कुल बस दुर्घटनामा ७ विद्यार्थी घाइते


Imagekhabar
७ माघ २०७३, शुक्रबार १८:५३

साँगाको फेमस इंग्लिस सेकेन्डरी स्कुलको विद्यार्थी बोकेर जाँदै गरेको बस सडकबाट ३२ फिट तल खेतमा खसेर दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी परिसरका हवल्दार दीपेन्द्र शाहीले जानकारी दिए ।

घाइते हुने विद्यार्थीमा वर्ष ८ कि कृसिना परियार, वर्ष ५ का युनिक परियार, वर्ष ८ को कबिर केसी, वर्ष ४ कि ऋषिका परियार, वर्ष ५ को पत्सर परियार, वर्ष ८ को पित्सिला परियार र वर्ष ६ को सुप्रिया खत्री रहेका छन् ।

घाइतेमध्ये ६ जनाको भक्तपुर अस्पतालमा र एकजनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको शाहीले जानकारी दिए । रासस

 

प्रतिक्रिया दिनुहोस्