
-प्रतिक लामिछाने, ईमेज
समाजसेवालाई आफ्नो जीवनको मूलमत्र मान्ने भरतपुरका ९१ वर्षीय जगुपति सापकोटा अहिले पनि समाज सेवामा सक्रिय छन् ।
चितवन भरतपुरको पारस बसपार्क सामुन्नेको यो घर । घरसँगै जोडिएको सडक छेउमा एउटा रातो कार सिंगारिएर राखिएको थियो ।
गाडीका छेउछाउमा ढाकाटोपी, दौरा सुरुवाल लगाएका एक हुल युवा यताउता गर्दै थिए । सँगैकेही महिला पनि जन्तिको पोशाकमा सजिएका देखिन्थे ।
सिंगारिएको गाडीको चालकसँगैको सिटमा एकजना बयोबृद्ध फूलको माला लगाएर दुलाहाझै बसिरहेका देखिन्थे । धेरैले अनुमान गरे, माघको महिना कुनै बैवाहिक कार्यक्रम रहेछ ।
केहीबेरपछि सिँगारिएको त्यो गाडी देवघाटतर्फ अघि बढ्यो । त्यहाँ रहेका अरु गाडीले पनि उक्त गाडीलाई पछ्यायो ।
करिब आधा घण्टापछि सिँगारिएको गाडी देवघाटको पुल छेउमा रोकियो । गाडीको अगाडी दुलाहाझै सिँगारिएका ती बृद्धलाई गाडीबाट निकालेर मुस्किलले देवघाटको झोलुंगे पुल तारियो र कुर्सीमा राखियो ।
यहीबीचमा भजनमण्डलीले खैंजडी भजन बजाएर बृद्धसहितको टोलीलाई स्वागत गर्दैथिए । दुलाहारुपी यी बृद्धलाई जसोजसो देवघाटको प्रसिद्ध हरिहर सन्यास आश्रम पुर्याइयो ।
आश्रम पुगेपछि थाहा भयो, न त्यहाँ कुनै नयाँ दुलही थिइन्, न यी बृद्ध दुलही लिन सिंगारिएर पुगेका थिए ।
९१ वर्षको उमेरमा पनि समाजसेवा गरौं भन्ने आफ्ना बयोबृद्ध पिताको इच्छा पूरा गर्न जगुपतिका छोराहरुले यो सबै काम गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्