सरकारले दिएको अनुदान लिएर धमाधम घर बनाउन सुरु गर्नुपर्छ : मन्त्री पाण्डे « Image Khabar


सरकारले दिएको अनुदान लिएर धमाधम घर बनाउन सुरु गर्नुपर्छ : मन्त्री पाण्डे


Imagekhabar
८ माघ २०७३, शनिबार १४:२३

                                                                                                       फाइल फोटो
संविधानमा उल्लेख भएअनुसार ०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गर्नुपर्ने भन्दै उनले आउँदो जेठसम्म स्थानीय तहको निर्वाचनसक्ने गरी सरकार तयारीमा लागेको बताए ।

गोरखा तान्द्राङमा शनिबार बिहान कल्याण, राजेश सहिदस्मृति सामुदायिक भवन शिलान्यास गर्दै मन्त्री पाण्डेले ‘सहिदको सपना विकास र समृद्धि’ भएको भन्दै सहिदका सपना पूरा हुने विश्वास व्यक्त गरे ।

सरकारको थुप्रै दायित्वमध्ये संविधान कार्यान्वयन, निर्वाचन र भूकम्पपछिको पुनःनिर्माण महत्वपूर्ण दायित्व रहेको उनको भनाइ छ ।

पुनःनिर्माणको काममा सरकार र प्रतिपक्षले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले गाउँ, बस्ती पुनःनिर्माणमा सबैको सहयोग भएमात्रै भूकम्पप्रतिरोधी संरचना निर्माण हुने बताए ।

सरकारले उपलब्ध गराएको अनुदान लिएर धमाधम घर बनाउन सुरु गर्नुपर्ने भन्दै उनले पुनःनिर्माणलाई गति दिनुपर्ने बताए ।

अनुदान पाउनबाट छुटेका वास्तविक भूकम्पपीडितको गुनासो सम्बोधन गरी अनुदान उपलब्ध गराउने उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्