
जिल्लाका अधिकांश गाविसमा रहेका माध्यमिक विद्यालयहरुले बनाएका छात्राबास भवनमा विद्यार्थी बस्न छाडेपछि प्रयोगविहीन भएको जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले जनाएको छ ।
छात्राबासमा बस्ने विद्यार्थी नहुँदा लाखौं मूल्य बराबरका फर्निचरका सामान र करोडौं लगानी गरिएका भवन जीर्ण बन्न थालेका हुन् ।
दुई तीन वटा गाविसका माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी बनाइएका यस्ता भवन प्रत्येक गाविसमा माध्यमिक विद्यालय खुलेपछि प्रयोगविहीन बनेका हुन् ।
केही वर्ष पहिलासम्म केही गाविसमा मात्र माध्यामिक विद्यालय हुने र त्यहाँसम्म पुग्न एक÷दुई दिनको समय लाग्ने हुँदा यस्ता छात्रबासमा तीनदेखि पाँच सयसम्म विद्यार्थी बसेर अध्ययन गर्ने गर्दथे ।
तर अहिले भने छात्रबासमा बस्ने विद्यार्थी नै नहुँदा भवन प्रयोग विहीन भएको हो । जिल्लामा एक दर्जनभन्दा बढी छात्रबास भवन र फर्निचर प्रयोगमा आउन नसकेको विद्यालयहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्