नेपाली सेना आफ्नै कमान्डमा शान्ति सेनामा जान्छ : रक्षामन्त्री • Image Khabar Image Khabar


नेपाली सेना आफ्नै कमान्डमा शान्ति सेनामा जान्छ : रक्षामन्त्री


Imagekhabar
११ माघ २०७३, मंगलवार १४:२५

नेपाली सेना आफ्नै कमान्डमा शान्ति सेनामा जान्छ : रक्षामन्त्री

मंगलबार चितवनको भरतपुर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै रक्षामन्त्री खाँणले नेपाली सेनाले विश्वमा शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाले आफ्नै झन्डामा शान्ति सेनामा जाने बताए ।

उनले राष्ट्रियता, अखन्डता र एकताका लागि सेनाले गरेको बलिदान महत्वपूर्ण भएको बताए ।

अर्को एक प्रसंगमा मन्त्री खाँणले सरकार स्थानीय तहको निर्वाचन घोषणाको अन्तिम गृहकार्यमा लागिरहेको जानकारी दिए ।

उनले संविधान संशोधन विधेयक र निर्वाचन प्रक्रिया एकैसाथ अघि बढाइने स्पस्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस्