Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


नेपाल ट्रस्टले फेला पार्‍यो पूर्वराजपरिवारको दश कट्ठा जग्गा


0
Shares

पूर्वराजा वीरेन्द्र र उनका परिवारजनको नाममा रहेको सम्पत्ति हेर्ने नेपाल ट्रस्टले खोजबिन गर्दा महोत्तरीको जलेश्वरमा उक्त जग्गा फेला पारेको हो ।

ट्रस्टका सहसचिव लेखबहादुर कार्कीले पूर्वराजपरिवारको नाममा रहेको उक्त जग्गा कात्तिकमा फेला पारिएको भए पनि ट्रस्टको सञ्चालक समितिको बैठक बस्न नसक्दा ट्रस्टको नाममा ल्याउन नसकिएको बताए ।

उनले भने, ‘चाँडै नै सञ्चालक समितिको बैठक बसेर मन्त्रिपरिषदमा पठाउँछौँ । मन्त्रिपरिषद्ले पारित गरेपछि उक्त जग्गा ट्रस्टको नाममा आउँछ ।’

उनले अरू स्थानमा रहेको जग्गाको पनि खोजी भइरहेको जानकारी दिए ।

ट्रस्टले पूर्वराजा र उनका परिवारजनको नाममा रहेको जग्गामध्ये हालसम्म २३ हजार रोपनी फेला पारिसकेको छ । (रासस)