Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


दुई मिनेट ढिलो पुगेका कारण फ्लाइट छुटाएका यी ‘भाग्यमानी’


0
Shares

इथियोपिया, फागुन २८ । युनानी नागरिक एन्टोनिस माभ्रोपोलस आफूलाई ‘भाग्यमानी’ ठानिरहेका छन् जसले दुई मिनेट ढिलो पुगेकै कारण इथियोपियन एयरलाइन्सको विमानको निर्धारित यात्रा छुटाएका थिए ।

गत आइतबार इथियोपियाली विमान कम्पनीको बोइङ ७३७ राजधानी अदिस अबाबाबाट उडेको केही मिनेटपछि दुर्घटनाग्रस्त भएको थियो । जसमा सबै यात्रु र चालक दलका सदस्यहरुको मृत्यु भएको थियो ।

उक्त विमानको यात्री सूचीमा एन्टोनिसको पनि नाम थियो । तर त्यस दिन उनी दुई मिनेट ढिलो गरी विमानस्थल पुगेकै कारण उनको फ्लाइट छुट्यो ।

उनले ‘मेरो भाग्यशाली दिन’ भन्दै फेसबुकमा त्यस दिनको घटनालाई विस्तार गरेका छन् । उनले उक्त विमानका लागि आफूले लिएको टिकटसमेत फेसबुकमा पोस्ट गरेका छन् । आफू पुग्दा प्रस्थान द्वार बन्द भइसकेकाले उक्त विमानमा चढ्न नपाएको उनले बताए ।

केही मिनेटमै उक्त विमान दुर्घटना भएको खबर सुनेर आफू स्तब्ध भएको जिकिर गर्दै उनले दुई मिनेट ढिलोगरी विमानस्थल पुगेकोमा आफूलाई भाग्यशाली सम्झिएको पनि बताएका छन् ।

विमान छुटेपछि उनले अर्को विमानका लागि टिकट लिए । तर त्यसमा पनि उनले यात्रा गर्न पाएनन् । किनकि विमानस्थलमा अधिकारीहरुले उनलाई सोधपुछका लागि रोके । दुर्घटना भएको विमानको टिकट लिएर पनि यात्रा नगरेका कारणबारे सोधपुछ गर्न उनलाई रोकिएको थियो । ‘त्यो विमानको टिकट लिएर पनि यात्रा नगर्ने एकमात्र यात्रु मै रहेछु,’ उनले भने, ‘विमानस्थलका अधिकारीहरुले शंका निवारणका लागि मसँग सोधपुछ गरे, जसका कारण मैले अर्को फ्लाइट पनि गुमाएँ ।’ (एजेन्सी)

 

Skip This