१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


काठमाडौंको हावामा धुलोका सुक्ष्म कण, बजारु मास्कले धुलो छेक्दैन


0
Shares

मास्क प्रयोग गर्दा पनि आँखाले ठम्याउन नसकिने मसिना हानिकारक कण फोक्सोमा प्रवेश गर्ने अनुसन्धानले देखाएको छ । काठमाडौंको वायुमा २ दसमलव ५ माइक्रोमिटर (पिएम २.५) भन्दा पनि सुक्ष्म धुलोका कण भेटिएको छ ।

ती कण छेक्न बजारमा पाइने कपडा र सर्जिकल मास्कले नसक्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अनुसन्धानले देखाएको छ ।

नेपाल हेल्थ रिसर्च काउन्सिलले सन् २०१५ मा गरेको एक अध्ययनले हानिकारक कण छेक्न नसक्ने मास्क प्रयोगले नौजनाको ज्यान गएको देखाएको थियो ।

परिषदका सदस्य सचिव डा खेमबहादुर कार्कीका अनुसार अहिले काठमाडौंमा प्रदुषण बढाउने कारक तत्व इँटा भट्टा र थोत्रा सवारी साधन हुन् । त्यसमाथि मेलम्ची खानेपानी आयोजनाले पाइप लाइन बिछ्याउन सडक खन्दा प्रदुषण झनै डरलाग्दो बनेको छ । विस्तार गर्न भत्काइएका सडक अलपत्र छाड्दा पनि धुलोको प्रदुषण बढेको हो । –नागरिक दैनिकबाट