Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


बाहिरी चक्रपथ साताभित्रै स्वीकृत हुँदै, अधिग्रहण गरिने जग्गाको बदला जग्गा नै दिइने


0
Shares

पछिल्लो पटक आयोजनाले पुरानो डीपीआरलाई केही संशोधन गरेको छ । ‘रोपनीका जग्गा कित्ताकाट भएर घडेरीमा परिणत भएका छन्,’ आयोजनाका निमित्त प्रमुख ध्रुव सापकोटाले भने, ‘अब केही समस्या छैन । ठूला आयोजना भएकाले मन्त्रिपरिषदबाट अन्तिम स्वीकृत चाहिन्छ, साता दिनभित्रै हुन्छ होला ।

पहिलो चरणमा सतुंगल–चोभार खण्डको करिब ६ किमिमा काम गर्ने उनले बताए । पुरै बाहिरी चक्रपथ निर्माण गर्दा ८० हजारदेखि १ लाख रोपनीसम्म जग्गा अधिग्रहण गर्नुपर्ने उनले बताए ।

निर्माण क्रममा भत्काइने घरको मुआब्जा दिने र जग्गाको साटो जग्गै दिने उनले बताए । ‘५० मिटर चौडाइ सडक वरपरै व्यवस्था गर्छौं, कोही विस्थापित हुनु पर्दैन,’ उनले भने, ‘२५० मिटर दायाँबायाँ परेका घर भत्काउँदैनौं, खाली जग्गालाई जग्गा विकास कार्यक्रममार्फत घडेरीमा परिणत गर्छौं ।’

उपत्यकाका तीनवटै जिल्लाका तत्कालिन ४० गाविस र ३ नगरपालिका छुनेगरी ७१.१० किमिको चक्रपथ प्रस्ताव गरिएको छ ।

बाहिरी चक्रपथ काठमाडौं, ललितपुर र भक्तपुरमा क्रमशः ३८.८, १५.८ र २१.०५ किमि रहने अनुमान छ । –कान्तिपुर दैनिकबाट