
भारतको नयाँदिल्लीमा जारी प्रतियोगिताअन्तर्गत् बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग ५९ रनले पराजित भएको हो ।
बंगलादेशले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रनमै समेटियो ।
नेपालका लागि कीर्तन श्रेष्ठ दुवालले ५५ रनको योगदान दिए ।
त्यसैगरी, रमेशबहादुर बानियाँले १८ र सुनील सुवेदी क्षत्रीले १६ रन बनाउँदा अन्य कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन् ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित् २० ओभरमा २ विकेट गुमाएर २०३ रन बनाएको थियो ।
बंगलादेशका मोहम्बद मोसिन हसेन जायले सर्वाधिक ८८ र मोहम्बद अब्दुल मल्लिकले ८३ रन बनाए ।
यसअघि, मंगलबार भएको खेलमा नेपाललाई अस्ट्रेलियाले १० विकेटले हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्