
बुधबार भएको सेमिफाइनलमा नैकापको न्यू डायमन्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा स्तब्ध पार्यो ।
चर्चित स्पाइकर प्रतिभा मालीको उत्कृष्ट प्रदर्शनमा न्यू डायमन्डले पुलिसलाई २५–१९, १९–२५, २५–१६ र २५–१३ को सेटमा हरायो ।
त्यस्तै, हलचोक कोर्टमा भएको दोस्रो सेमिफाइनलमा आयोजक सशस्त्रले पश्चिमाञ्चललाई ३–० को सोझो सेटमा निराश बनायो ।
सशस्त्रकी नेबिका चौधरी ‘वुमन अफ द म्याच’ भएको खेलमा पश्चिमाञ्चल २५–१४,२५–१० र २५–१२ को सेटमा पराजित भयो ।
फाइनल खेल बिहीबार बिहान हुनेछ ।
प्रतिक्रिया दिनुहोस्