 
	    ईयूसँग चलिरहेको बे्रक्जिट प्रक्रियालाई अगाडि बढाउने नबढाउने भन्ने सम्बन्धमा सरकारले ल्याएको युरोपियन युनियनसम्बन्धी विधेयकमा ३८४ जना सांसदले प्रक्रिया निरन्तर राख्न मत दिए भने ११४ जनाले विपक्षमा मत हालेका थिए ।
जसलाई विपक्षी लेबर पार्टीले पनि समर्थन गरेको छ । लिबरल डेमोक्रेटसहितका तीन दलले भने विधेयकको विपक्षमा मत दिएका थिए भने लेबर पार्टीका ४७ जना र सत्तारुढ टोरीका पूर्व चान्सलर क्लेन क्लार्कले भने विपक्षमा भोट हालेका थिए ।
गएको हप्ता हाउस आफ कमन्समा फिर्ता आएको विधेयकमा अत्यधिक बहुमत मिलेको हो । गत जुनमा भएको जनमत संग्रहमा झिनो मतान्तरले युरोपेली युनियनबाट बाहिरिनुपर्छ भन्नेहरुको बहुमत आएको थियो ।
उक्त परिणामपछि प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिएका थिए र थेरेसा मे नयाँ प्रधानमन्त्री चुनिएकी थिइन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्