पोखरामा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबलको तयारी पूरा • Image Khabar Image Khabar


पोखरामा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबलको तयारी पूरा


Imagekhabar
२१ माघ २०७३, शुक्रबार १९:४६

पोखरामा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबलको तयारी पूरा

कास्की जिल्ला तथा पश्चिमाञ्चल भलिबल संघको आयोजना, कास्की तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा हुने प्रतियोगिताको आवश्यक तयारी पूरा भएको जानकारी आयोजकले शुक्रबार दिएको हो ।

शनिबार हुने उद्घाटन खेल नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको क्लबबीच हुनेछ ।

प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र भारतको उत्तर प्रदेश भलिबल संघबाट महिला र पुरुष टिमको सहभागिता रहने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।

त्यसैगरी, न्यू डायमन्ड एकेडेमीबाट महिला टोली र हेल्प नेपाल स्पोर्ट्स क्लबबाट पुरुष टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा विजेता महिला तथा पुरुष दुबै टोलीले एक लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुस्कार पाउने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्