२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


दृष्टिविहीन क्रिकेट : श्रीलंकासँग नेपाल १३१ रनले पराजित


0
Shares

आइतबार भएको खेलमा नेपाललाई श्रीलंकाले १ सय ३१ रनले हराएको छ । खेलमा टस जितेर पहिले व्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २ सय ७४ रन बनायो ।

श्रीलंकाको लागि सुरंगा सम्पथले रिटायर्ड हर्ट लिुनुपूर्व १ सय ११ रन जोडे भने रुवन बसन्थाले ७६ रनको योगदान दिए ।

जवाफमा २ सय ७५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४३ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कृतन श्रेष्ठ दुवालले अविजित ३७ रन जोड्दा सुनिल थापा मगरले ३८ रनको योगदान दिए ।

जारी प्रतियोगितामा यो नेपालको पाँचौ हार हो । यसअघिका ६ खेलमध्ये नेपाल एक खेलमा मात्रै विजयी भएको छ । नेपालले दक्षिण अफ्रिकालाई हराउँदा अष्ट्रेलिया, पाकिस्तान, बंगलादेश र वेष्ट इन्डिजसँग पराजय भोगेको थियो ।

१० टोली सहभागी प्रतियोगिताको लिग चरणमा शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्नेछन् ।