
भारतसँग भएको टेस्ट क्रिकेट शृंखलामा ४–० को हार व्यहोरेसँगै ३२ वर्षीय कुकले राजीनामा दिएका हुन् ।
सन् २०१२ को अगष्टमा कप्तानी सम्हालेका कुकको नेतृत्वमा इंग्ल्यान्डले खेलेका १६ टेस्ट शृंखलामा ७ मा जित, ४ मा पराजय तथा ५ मा बराबरी गरेको थियो ।
यो अवधिमा खेलेका ५९ टेस्ट खेलमा इंग्ल्यान्डले २४ खेल जितेको थियो । सन् २०१२ को नोभेम्बरमा भारतलाई उसकै भूमिमा २–१ ले हराउँदै इंग्ल्यान्डले २८ वर्षपछि भारतमा शृंखला जितेको कीर्तिमान रचेको थियो ।
कुकले कप्तानी छाडेसँगै जो रुटले नेतृत्व सम्हाल्ने सम्भावना रहेको जनाइएको छ ।
कुकले कप्तानीबाट राजीनामा दिएपनि खेलाडीकारुपमा भने उपलब्ध भइरहने बताएका छन् ।
कुक इंग्ल्यान्डका सबैभन्दा बढी रन बनाउने टेस्ट खेलाडी हुन् । उनले अहिलेसम्म १४० टेस्टमा ३० शतकसहित ११ हजार ५७ रन बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्