जर्मनका फुटबल खेलाडी फिलिप ल्हामले संन्यास लिने • Image Khabar Image Khabar


जर्मनका फुटबल खेलाडी फिलिप ल्हामले संन्यास लिने


Imagekhabar
२६ माघ २०७३, बुधबार ०७:०१

जर्मनका फुटबल खेलाडी फिलिप ल्हामले संन्यास लिने

सन् २०१४ मा जर्मनीलाई विश्वकप फुटबलको उपाधि जिताएका कप्तान ल्हामले व्यावसायीक फुटबल जिवनबाट बुट थन्क्याउने घोषणा गरेका हुन् ।

जर्मन फुटबल क्लब बायर्न म्युनिखबाट खेल्दै आएका ल्हामको करार अवधि अर्को वर्षसम्म थियो । तर, आफ्नो करार अवधिको एक वर्ष बाँकी छँदै ल्हामले क्लब र राष्ट्रको जर्सीबाट विदा हुने तयारी गरेका हुन् ।

ल्हामले बायर्न म्युनिखबाट ५ सय १ खेल खेलेका छन् । जर्मन राष्ट्रिय फुटबल टोलीबाट १ सय १३ खेले खेलेका ल्हामले एक पटक विश्वकप फुटबल, ७ पटक जर्मन बुन्डेस लिगा, ६ पटक जर्मन कप फुटबल र एक पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेका छन् ।

ल्हानलमे जर्मन क्लब बायर्न म्युनिखको सिनियर टोलीमा सन् २००२ मा डेब्यु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्