
ट्रम्पले यसअघि जारी गरेको यस्तै आदेश कार्यान्वयनमा भने अदालतले रोक लगाइसकेको छ ।
तर, नयाँ कार्यकारी आदेश कस्तो हुनेछ भन्नेबारेमा भने स्पस्ट नभएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।
राष्ट्रपति ट्रम्पले अमेरिका प्रवेशमा रोक लगाउने नयाँ आदेशमा केही परिवर्तन हुने बताएका छन् ।
सियाटलका न्यायाधीशले यसअघिको ट्रम्पको आदेश कार्यान्वयनमा रोक लगाइसकेका छन् भने यसविरुद्ध ट्रम्प प्रशासनले गरेको अपिल पनि अस्वीकृत भइसकेको छ ।
ट्रम्पले भने ‘संघर्षमा जित आफूहरुको हुने भएपनि केही समय भने लाग्ने’ बताएका छन् ।
ट्रम्पले सुरुको आदेशमा सिरियाका शरणार्थीलाई अर्को आदेश जारी नभएसम्म र अरु सात मुस्लिम बहुल मुलुकका नागरिकलाई तीन महिनासम्म अमेरिका प्रवेशमा रोक लगाएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्