२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चेतना संरक्षण प्रतिष्ठानद्वारा पाँचजना सम्मानित


0
Shares

प्रतिष्ठानले साहित्य, धर्म–संस्कृति, समाजसेवालगायत विभिन्न विधामा योगदान पुर्‍याउनेहरुलाई ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

सम्मानित हुनेमा साहित्यतर्फ प्राध्यपाक डा. वासुदेव त्रिपाठी, धर्म–संस्कृतितर्फ डा. गुरुप्रसाद सुवेदी, ललितकलातर्फ रमेश खनाल, समाजसेवातर्फ अनुराधा कोइराला र पत्रकारितातर्फ किशोर कार्की छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. गंगाप्रसाद उप्रेतीले उनीहरुलाई सम्मान गरेका थिए ।