२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


इराकमा शिया समुदाय र प्रहरीबीचको झडपमा पाँच जना मारिए


0
Shares

इराकको राजधानी बग्दादमा शिया धर्मगुरु मुक्तदा अल सद्रका हजारौं समर्थकले आयोजना गरेको र्‍यालीका क्रममा झडप हुँदा पाँच प्रदर्शनकारी मारिएका हुन् ।

इराकमा जारी भ्रष्टाचार र चुनाव आयोग गठनमा भएको अनियमितताको बिरोधमा आयोजना गरिएको र्‍यालीमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो ।

झडपकै क्रममा प्रहरीले प्रयोग गरेको अश्रुग्याँसका कारण दई सयभन्दा बढी घाइते भएका छन् । शान्तिपूर्ण र्‍यालीका सहभागीहरुले सरकारबिरुद्ध नारा लगाउनका साथै राष्ट्रपतिको राजीनामा मागेका थिए ।

यसैबीच, राजधनी बग्दादमा थुप्रैं रकेट प्रहार गरिएको बताइएको छ । यद्यपि, रकेट प्रहारबाट कुनै मानवीय क्षतिको खबर भने आइनसकेको इराकी अधिकारीहरुको भनाइ छ । (एजेन्सी)