हराएकी भनिएकी युवतीको खाल्डोमा शव फेला • Image Khabar Image Khabar


हराएकी भनिएकी युवतीको खाल्डोमा शव फेला


Imagekhabar
४ फाल्गुन २०७३, बुधबार ०८:०२

हराएकी भनिएकी युवतीको खाल्डोमा शव फेला

हत्या गरेर घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा प्रहरी टोलीले मंगलबार अञ्जलीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले बताए ।

यही माघ २७ गतेदेखि छोरी बेपत्ता रहेकाले खोजी गरिदिन युवती पक्षबाट मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन परेको थियो । लगत्तै थालिएको अनुसन्धानको क्रममा युवतीको शव युवक हिक्मत सिंहको घर नजिकै खाल्डो खनेर घोप्टो पारिएको अवस्थामा फेला पारिएको चन्दले बताए ।

दुवैबीच केही समयदेखि प्रेम सम्बन्ध रहेकाले अञ्जली हिक्मतको घरमा बस्दै आएकीमा माघ २७ गतेदेखि बेपत्ता रहेकी थिइन् । प्रहरीले हिक्मत सिंहलाई पक्राउ गरी घटनाको थप अनुसन्धान थालेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्