
यो कारमा यात्री आफैं चालक हुन्छ । एक सीट क्षमताको यो कारलाई आधा घण्टा रिजार्ज गर्दा ५० किलोमिटरसम्म उडाउन सकिन्छ ।
सो कारलाई चीनको एक कम्पनीले निर्माण गरेको हो ।
दुबईले सन् २०३० सम्म मुलुकलाई ‘सेल्फ ड्राइभिङ ट्रान्सपोर्ट सिस्टम’ मा लैजाने योजना अघि सारेको छ । यस्तो अवस्थामा यो कार सवारी चाप कम गर्न निकै उपयोगी हुने विश्वास गरिएको छ ।
दुबईका अधिकारीहरुका अनुसार यो कारले ३ सय मिटरको उचाइमा उडान गर्दछ । एक घण्टामा यसले एक सय किलोमिटरको यात्रा पार गर्दछ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्