
धनकुटा, असार २२ । नेपाल विद्युत प्राधिकरण धनकुटाले समयमै विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गरेको छ ।
विद्यृत महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत महसुल नबुझाउने सरकारी कार्यालय, विभिन्न सामाजिक संघसंस्था र व्यक्तिको लाइन काट्ने तयारी गरेको विद्युत प्राधिकरण धनकुटा शाखाले जनाएको छ ।
धनकुटामा धनकुटा नगरपालिकासहित ४ सय ८४ ग्राहकबाट एक करोड १७ लाख ४४ हजार रुपैयाँ महसुल उठ्न बाँकी रहेको विद्युत प्राधिकरण शाखा कार्यालय प्रमुख पवनकुमार शाहले जानकारी दिए ।
बक्यौता रकम असार महिनाभित्र नतिरे विद्युत लाइन काट्न सुरु गरिने कार्यलयले जनाएको छ । यसअघि कार्यालयले विद्युत महशुल नबुझाएको भन्दै जिल्लामा कुल चार सय सात ग्राहकको लाइन काटिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्