
इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक नैनसिं कार्कीले क्याम्पसका प्रमुख भीष्म थापा, सहायक प्रमुख अम्बर रावल र निर्वाचन अधिकृत कमल विष्टको फोन ‘स्वीच अफ’ भइ सम्पर्कविहीन भएकाले उनीहरुको खोजी भइरहेको जानकारी दिए ।
उनीहरु अपहरणमा परे/नपरेकाबारे अहिल्यै भन्न नसकिने कार्कीले बताए ।
विप्लव नेतृत्वको नेकपा माओवादीको भातृसंगठनले स्ववियु निर्वाचन प्रक्रिया अगाडि नबढाउन चेतावनी दिएको जनाइएको छ ।
स्ववियु निर्वाचनका लागि बुधबारबाट निर्वाचनको कार्यतालिका प्रकाशन गर्ने तयारी थियो । रासस
प्रतिक्रिया दिनुहोस्