१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


स्थानीय निकायमा लगातार आन्दोलन, सेवाग्राही मर्कामा


0
Shares

विभिन्न माग राख्दै कर्मचारीहरुले स्थानीय निकाय बन्द गराएपछि सेवाग्राही मर्कामा परेका हुन् ।

हुम्लामा स्थानीय निकायका कर्मचारीले जिल्ला विकास समितिको कार्यालयमा ताला लगाई कामकाज ठप्प पारिदिंदा अत्यावश्यक काम पनि प्रभावित भएको छ ।

स्थानीय निकायका सम्पूर्ण सेवा अनिश्चितकालीन बन्द गर्ने र कार्यालय प्रमुखहरूलाई कार्यालयमा छिर्न नदिने लगायतका कार्यक्रम सञ्चालन गरिएको नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष मोहन शाहीले बताए ।

सरकारले माग पूरा नगरेसम्म कार्यालय सञ्चालन गर्न नदिने शाहीले बताए ।

यता धनकुटामा पनि चार दिन यता स्थानीय निकायका कर्मचारीले लगातार कामकाज ठप्प पारेपछि सेवाग्राही समस्यामा परेका छन् ।

आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै स्थानीय निकायका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीय तहको निर्वाचन घोषणा, स्थानीय निकायमा कार्यरत कर्मचारीहरुको उचित व्यवस्थापन लगायतका विभिन्न माग राखि आन्दोलनमा उत्रिएपछि सबै कार्यालय ठप्प भएका हुन् ।