१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


महेन्द्रनगर उच्च अदालतअगाडि प्रदर्शन


0
Shares

विष्टको गत कात्तिकमा खेल जोतिरहेकोबेला फरुवा प्रहार गरी हत्या भएको थियो ।

मृतक गजेन्द्रका दाइ अमिर विष्टले घटना भएको तीन महिना बितिसक्दा पनि हत्यारा पक्राउ गर्न प्रहरी प्रशासनले उदासीनता देखाएको भन्दै प्रदर्शन गरेको बताए ।

प्रहरीले छानबिनसमेत फितलो गर्दा पीडितले न्याय नपाएको उनीहरुको गुनासो छ । उनीहरुले घटनाको पुनः सत्यतथ्य छानबिन, घटनामा संलग्नलाई कानुनी दायरामा ल्याइ हदैसम्मको कारबाहीको माग गरेका छन् ।

प्रदर्शनकाक्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडपसमेत भएको छ ।