३० असार २०८२, सोमबार | Tue Jul 15 2025


सम्झौता अनुसार डाँक बोक्दैनन् यातायात व्यवसायी


0
Shares

सोही अनुसार यातायात ब्यवसायीका बसहरुले डाँकलाई सहज तवरबाट ओसार–पसार गर्नुपर्ने हुन्छ । तर, सुदूरपश्चिम यातायात ब्यवसायी समितिले भने डाँक सेवाका लागि लापरबाही गर्ने गरेको छ । जसले हुलाको डाँक सेवा प्रभाबकारी हुन नसकेको क्षेत्रीय हुलाक निर्देशनालयले जनाएको छ ।

‘हामीले दिपायलबाटै डाँक उपलब्ध गराउछौ,’ निर्देशनालयका खरिदार भोजराज पन्तले भने, ‘तर, यताबाट सुदूरपश्चिम यातायातका सिधा काठमाडौंसम्म जाने बसहरु नहुँदा डाँकसेवा प्रभावकारी हुन सकिरहेको छैन ।’

यसबाहेक यातायात ब्यवसायीहरुको लापरबाहीका कारण पनि सेवा प्रभावित भइरहेको उनले बताए । ‘सवारी साधनहरुले लापरबाही गरिदिन्छन्,’ उनले भने, ‘यताबाट लगेर बसहरुले धनगढी सडकमै फालिदिन्छन् वा काउण्टरमा पु¥याईदिन्नन्, यसले पनि समस्या देखिन्छ ।’

सुदूरपश्चिम यातायातले सम्झौता अनुसार काम नगरिरहेको पनि उनले बताए ।

सामान्यतया बाजुराबाट डाँक तीन दिनभित्र दिपायल पुग्नु पर्ने हो । तर अहिले बाजुराबाट २ हप्तामा दिपायल डाँक पुग्ने गरेको पनि क्षेत्रीय हुलाक निर्देशनालयले जनाएको छ ।