‘शिक्षा नियमावली ल्याउन मन्त्रालयले चासो देखाएन’ • Image Khabar Image Khabar


‘शिक्षा नियमावली ल्याउन मन्त्रालयले चासो देखाएन’


Imagekhabar
६ फाल्गुन २०७३, शुक्रबार १६:२५

‘शिक्षा नियमावली ल्याउन मन्त्रालयले चासो देखाएन’

उच्च माध्यामिक विद्यालय संघ (हिसान)ले शुक्रबार राजधानीमा गरेको राष्ट्रिय भेलामा सरोकारवालाहरुले अर्थ मन्त्रालयले आर्थिक सहयोग गरिसकेको अवस्थामा पनि नियमावली आउन ढिलाइ हुनु दुखद् भएको टिप्पणी गरे ।

संसदको महिला बालबालिका र ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले अर्थ मन्त्रालयबाट बजेट पारित भएर आएको दुई साता बितिसक्दा पनि शिक्षा नियमावली ल्याउन शिक्षा मन्त्रालयले चासो नदेखाएको बताइन् ।

शिक्षा ऐनको आठौ संशोधनले १ देखि ८ कक्षा सम्मलाई आधारभूत र ९ देखि १२ सम्मलाई माध्यामिक शिक्षा भनेको छ ।

तर, नियमावली नबन्दा उक्त व्यवस्थालाई कसरी कार्यान्वयनमा लैजाने भन्नेमा अन्योल छ ।

कार्यक्रममा हिसानका महासचिव लोकबहादुर भण्डारीले शिक्षा नियमावलीले निजी उच्च माध्यामिक विद्यालयको लगानी र सुरक्षित भविष्यको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्