७ असार २०८१, शुक्रबार | Fri Jun 21 2024


नेपालमा पहिलो पटक आज निर्वाचन दिवस मनाईंदै


0
Shares

अबदेखि वर्षेनी फागुन ७ गते निर्वाचन दिवस मनाइने निर्वाचन आयोगले जनाएको छ । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आमचुनाव गरिएको थियो ।

यस अवसरमा आयोगले दिउँसो कार्यक्रम आयोजना गरेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र सबै दलका शीर्ष नेताको उपस्थितिमा कार्यक्रम गरिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

प्रजातन्त्रको मेरुदण्ड मानिने आवधिक चुनाव पहिलोपटक भएको ५८ वर्षपछि बल्ल आयोगले पहिलोपटक दिवस मनाउन लागेको हो ।