
अर्को हप्ता हुने लिलामीमा राखिने रातो रङको उक्त टेलिफोनमा नाजी नेता हिटलरको नाम लेखिएको छ । बर्लिनको बंकरमा सन् १९४५ मा उक्त टेलिफोन फेलापरेको थियो ।
जर्मनीले आत्मसमर्पण गरेपछि तत्कालीन सोभियत सेनाले यसलाई बेलायती अधिकृत सर राल्फ रायरनलाई सम्झनाकोरुपमा दिएका थिए । लिलामी १ लाख डलरबाट सुरु हुनेछ ।
सर राल्फका छोराले बिक्री गरेको टेलिफोन लिलामीमा ३ लाख डलरसम्ममा बिक्री हुने आशा गरिएको छ ।
लिलामीगृहका प्रमुख विल पानागोपुलोसले हिटलरले प्रयोग गरेको फोन आमविनाशको हतियार बनेको बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्