
दाङको पुरन्धारा–पाथीहाल्नेमा माटो खन्नेक्रममा पुरन्धारा–३ हस्तनापुर निवासी ३० वर्षीय मीना वलीको निधन भएको इलाका प्रहरी कार्यालय, हापुरेका प्रहरी नायब निरीक्षक परेगनारायण चौधरीले जानकारी दिए ।
यस्तै, घटनामा परी पुरन्धारा–३ कै भूमिसरा विक घाइते भएको बताइएको छ । शनिबार दिउँसो उनीहरु पुरिएका थिए ।
घाइते विकको उपचारका लागि तुलसीपुर पठाइएको छ भने वलीको शव परीक्षणका लागि तुलसीपुर पठाउने तयारी गरिएको प्रहरी प्रमुख चौधरीले जानकारी दिएका छन् ।
उनीहरु शिवरात्रिमा घर पोत्नका लागि माटो ल्याउन गएको स्थानीयवासीले बताएका छन् । ढिस्कोले पुरिएका वली र विकलाई स्थानीयवासी र प्रहरीले उद्धार गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्