
ग्रान्ड प्रोफेट–११ नामाकरण गरिएको उक्त सैन्य अभ्यास अमेरिकी प्रशासनद्वारा लगातार हतियार परीक्षणप्रति गरेको आलोचना र नयाँ परीक्षणमा लगाइएको प्रतिबन्धको बेवास्ता गर्दै गर्न लागिएको सुरक्षा बलका स्थल एकाइ कमान्डर पाकपोरले पत्रकार सम्मेलनमा बताए ।
उनले सोमबारदेखि सुरु भइ आगामी तीन हप्तासम्म हुने अभ्यासमा रकेटकोसमेत प्रयोग गरिने बताइएपनि कस्तो र कुन क्षमताको हतियार प्रयोगका लागि अभ्यास गरिनेछ भन्ने जनाउन चाहेनन् ।
पाकपोरले इरानमाथि वासिंगटनद्वारा गरिएको ‘अपमानजनक प्रतिबन्ध’को सामना गर्ने उद्देश्यका साथ अभ्यास गरिन लागिएको बताए ।
इरानले गत जनवरी २९ मा गरेको क्षेप्यास्त्र परीक्षणलाई देखाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ हतियार परीक्षणमा प्रतिबन्ध लगाएको घोषणा गरेका थिए ।
पेन्टागनका प्रमुख जेम्स भ्याटिसले इरानलाई ‘आतंकवादलाई प्रायोजन गर्ने विश्वकै एकमात्र राष्ट्र’ भनी केही समय पहिले इरानको आलोचना गरेका थिए ।
इरानी अधिकारीले अमेरिकाले बताएअनुसार आफ्नो हतियारले कुनै खतरा नल्याउने तर प्रतिरक्षाका लागि आवश्यक रहेको बताउँदै आएका छन् । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्